Listen LIVE

गाउँमै खाद्य डिपो स्थापना हुँदा स्थानीय खुशी

बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका स्थित पाण्डुसैनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो स्थापना भएको छ ।

बुढीनन्दा नगरपालिकाका वडा नम्बर ७, ८, ९ र १०का नागरिकहरूलाई लक्षित गरि साबिकको पाण्डुसैनमा खाद्यान्न डिपो स्थापना गरिएको हो ।

वर्षौँ देखि सदरमुकाम मार्तडी कोल्टि बाट खाद्यान्नको चामल लिनुपर्ने स्थानीयको बाध्यतालाई मध्यनजर गरि खाद्यान्न डिपोको एक औपचारिक कार्यक्रमका बिच बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहराले उदघाटन गरे ।

बुढीनन्दा नगरपालिकाको समन्वयमा साबिकको पाण्डुसैन गाविसका स्थानीयलाई सरकारको अनुदानबाट सर्वसाधारण नागरिकहरूलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउन डिपो स्थापना गरिएको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहराले बताए ।

खाद्य डिपो स्थापना सँगै विगत लामो समयदेखि बजारको महँगो मूल्य तिरेर चामल किन्न बाध्य स्थानीयलाई निकै सहज भएको छ । गाउँमै सरकारी खाद्यान्नको अनुदानमा चामल खरिद गर्न पाउने भएपछि यसअघि सदरमुकाम मार्तडी र कोल्टी बजार जानू पर्ने बाध्यता हटेको भन्दै पाण्डुसैन क्षेत्रका स्थानीय निकै खुशी भएका छन् ।

प्रतिक्रिया