बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका–११, बेलभारकी देवमैया थारू यतिबेला उमेरले २५ वर्ष पुगिन् । सानै उमेरमा बुवाको अनुहारसमेत राम्ररी नचिनेकी देवमैया थारूका बुवा सुरेशबहादुर चौधरी तत्कालीन द्वन्द्वमा मारिएको जानकारी आमाले दिएको उनी बताउँछिन् । देशमा परिवर्तन भए पनि द्वन्द्वपीडितले भने न्याय नपाएको उनको गुनासो छ ।
त्यस्तै गेरुवा गाउँपालिकाकी अस्मिता थारू अहिले पनि बुवा फर्केर आउने आशामा छिन् । अस्मिताका बुवा सुखलिया थारू पनि बेपत्ताको सूचीमा छन् । उनको गुनासो छ, “द्वन्द्व सहिएर देशमा धेरै परिवर्तन भए । माओवादी पनि पटक पटक सरकारमा आयो तर बुवा जिउँदो हुनुहुन्छ कि मरिसक्नुभयो, अहिलेसम्म थाहा छैन । हामीलाई यथार्थ जानकारी चाहियो ।”
सशस्त्र द्वन्द्वको समयमा धेरैले परिवार गुमाएका छन् । बर्दियामा मात्र सशस्त्र द्वन्द्वको समयमा २५० जना बेपत्ता पारिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार