बैतडी : बैतडीमा एक बेवारिसे शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका –५ दोली भन्ने ठाउँमा अन्दाजी ४२ वर्षीय पुरुषको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
शनिवार बिहान ८ बजे महाकाली राजमार्गअन्तर्गत पर्ने सडक छेउमै पुरुषको शव फेला परेको प्रहरी निरीक्षक पाण्डेयले बताए । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जनाएको छ । शव पहिचान हुन बाँकी रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
2025-03-15
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार