Listen LIVE

घरको भित्तामा थारु संस्कृति कोरिँदै

कैलाली : थारू समुदायको लोककला जोगाउनका लागि कार्यशाला सम्पन्न गरिएको छ। ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौको आयोजनामा कैलालीको फकलपुरमा थारू लोककला कार्यशाला गरिएको हो। 

थारू समुदायको मौलिक पहिचान झल्काउने लोककला पछिल्लो समय हराउँदै गएको छ। विगतमा थारू समुदायको कच्ची घरको भित्तामा माटोको हात्ती, घोडा, मंयुर, डोला–डोली बोकेको मान्छे, रुख लगायतको चित्र हुन्थ्यो। त्यो अहिले देखिँदैन। 

परम्परागत लोककला हराउँदै गएकाले त्यसलाई जोगाउनका प्रतिष्ठान र स्थानीय जागृति युवा क्लबको आयोजनामा कार्यशाला गरिएको सो गाउँवासी माधव थारूले बताए। उनले जागृति युवा क्लब र त्यहाँको गाउँ समाजले कच्ची घर पनि बनाउने र भित्तामा चित्र बनाउने अभियान चलाउने जानकारी दिए। 

उनले भने,“फकलपुरमा कुनै पनि थारू घर थारू समुदायको घर जस्तो छैन। सबै पक्की भएपछि अब हरेक घरकाले कच्ची घर पनि बनाउने र त्यसमा परम्परागत चित्र बनाउने अभियान चलाइदैँ छ।” 

फकलपुरमा थारू होमस्टे सञ्चलानमा रहेको छ। कार्यशालामा सहभागीले घरको भित्तामा माटोको चित्र बनाउने अभ्यास गरेका थिए।

प्रतिक्रिया