बर्दिया : बिहीबार मुसलधार वर्षापछि बाढीले ठाकुरबाबा नगरपालिका–६, ७ र ८ नं. वडाका एक सय बढी घर डुबानमा परेको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट बग्ने खहरे खोलाबाट आएको बाढीले घरहरू डुबानमा परेको छ ।
साँझ ६ बजेदेखि घरमा पसेको बाढी प्रभावितको खाद्यान्नलगायत कच्ची घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । नगरपालिकाका प्रमुख तिलक लम्सालले बाढीबाट डुबानमा परेका मानिसलाई नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधिले उद्दार गरी सुरक्षित स्थलमा लगेर राखिएको बताए ।
राति अबेरसम्म बाढी प्रभावितलाई उद्धार गर्न सुरक्षाकर्मीलगायत जनप्रतिनिधि खटिएका थिए । सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले उद्दार कार्यमा परिचालनका लागि थप जनशक्ति पठाएको जनाए । उद्धार गरिएकालाई विद्यालय लगायत सुरक्षित स्थानमा राखिएको नगर प्रमुख लम्सालले जनाए । शुक्रबार बिहानपनि वर्षा भइरहेको छ ।
यसैगरी मधुवन नगरपालिका–१ का केही गाउँ डुबानमा परेको छ । बाढीले यस क्षेत्रमा क्षती हुने भएकाले विद्युत आपुर्ति रोकिएको नेपाल विद्युत प्राधिकरण गुलरिया शाखाले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार