Listen LIVE

ब्राउनसुगरसहित बाँकेमा दुई युवक पक्राउ

नेपालगञ्ज : लागुऔषधसहित बाँकेमा दुई युवा पक्राउ परेका छन् । वडा प्रहरी नेपालगञ्जले प्रतिबिन्धत लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको हो । 

नेपालगञ्ज उपमहानगरपालिका–७ रानितलाउ बस्ने २४ वर्षीय अस्तित्व नाग र बर्दिया गेरूवा गाउँपालिका बस्ने २६ वर्षीय एन्जल चौधरीलाई ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

नेपालगञ्ज १३ बुलबुलिया चोकबाट प्रतिबिन्धत लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित दुबै जनालाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले दुबै जनालाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको भे.११ प ५९७८ नम्बरको मोटरसाइकलसमेत बरामद भएको वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले बताए ।

प्रतिक्रिया