Listen LIVE

नरैनापुरको बेउचाहवा अझै अन्धकारमा

नरैनापुर (बाँके) : बाँकेको दुर्गम नरैनापुर गाउँपालिकाको वडा नं. २ बेउचाहवा गाउँमा अझै विद्युत् पुगेको छैन । झन्डै २०० घरधुरी रहेको यस बस्तीका अधिकांश स्थानीय टुकी र दियामै निर्भर छन् । केही घरमा मात्र सौर्य प्यानलमार्फत उज्यालो ल्याइएको छ ।

वडाध्यक्ष मसुद अहमद शाहका अनुसार ट्रान्सफर्मर जडान गर्ने भनिए पनि काम अघि बढ्न नसक्दा गाउँ अन्धकारमै छ । सञ्चारसाधनको पहुँच पनि न्यून भएको उनले बताए ।

गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सबस्टेशन निर्माण नभएसम्म विद्युत् विस्तारमा समस्या हुने भन्दै प्राधिकरणसँग समन्वय भईरहेको र छिट्टै सबस्टेशन निर्माण हुने दाबी गरे ।

नरैनापुर सदरमुकामसँग जोडिए पनि बेउचाहवाका बासिन्दा अझैसम्म विद्युत् सुविधा पाउन सकेका छैनन् ।

प्रतिक्रिया