नेपालगञ्ज : जेनजी आन्दोलनका कारण नेपालमा १९ जनाको मृत्यु भएपछि भारतीय सुरक्षाकर्मीहरुले यहाँस्थित नेपाल भारत नाकामा हाइ अलर्ट जारी गर्दै सुरक्षा जाँचमा कडाई गरेका छन् ।
देशभरी जेनजी विद्यार्थीहरुले प्रदर्शन शुरु गरेपछि केन्द्रको आदेश जनाउँदै जमुनाहास्थित नेपाल भारत सीमानाको भारतीय सुरक्षा पोष्टमा एसएसबी र भारतीय प्रहरीले जाँचमा निकै कडाई गरेको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन् ।
नेपालबाट भारत जाने र भारतबाट नेपाल फर्किने दुबै प्रकारका सर्वसाधारणको चेक जाँचमा कडाई गरिएको भारत रुपईडिहास्थित भारतीय प्रहरी थानाका प्रमुख रमेशसिंह रावतले बताए ।
उनले मुख्य नाकासँगै अन्य विभिन्न नजिकका खुला नाकाहरुमा पनि सुरक्षाकर्मीहरु तैनाथ गरिएको जनाउँदै आवागमन गर्ने सबैसँग विस्तृत सोधपुछ गर्ने कार्य भइरहेको बताए ।
यस्तो असहज अवस्थामा गलत मानिसहरु सीमा आरपार गर्ने सम्भावना रहेकाले नाकामा कडाई गरिएको थाना प्रमुख सिंहले बताए ।
भारतीय पक्षले नाकामा कडाई गरेको आवागमन गर्ने सर्वसाधारणले पनि जनाएका छन् । भारतबाट नेपाल आउने भन्दा नेपालबाट भारत जानेहरुमाथि कडा जाँच भइरहेको मंगलवार सीमापारी गएर फर्केका नेपालगञ्ज ११ का सन्तोष वैश्यले बताए ।
जेनजीले आयोजना गरेको प्रदर्शनका क्रममा १९ जना विद्यार्थीको मृत्यु थियो । सो विरोधमा मङ्गलबार पनि नेपालगञ्जलगायत विभिन्न ठाउँमा विरोध प्रदर्शनहरु भइरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार