कालीकोट : कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर १ लालीघाट नजिक कर्णाली नदीमा बेबारिसे शव फेला परेको छ । बजार नजिकै बुधबार बिहान ८ः५५ बजेको समयमा कर्णाली नदीको किनारामा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले प्रहरी चौकी लालुखुलालुमा खबर प्राप्त हुनासाथ प्रहरी हवल्दार डम्मर सिंह नेपालीको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेर घटनास्थल सुरक्षित राखेको बताए ।
उक्त स्थान प्रहरी चौकी लालुखुलालुदेखि करिब तीन किलोमिटर उत्तरतिर छ । बजारका कुनै व्यक्ति सम्पर्कमा रहे नरहेको बारेमा अनुसन्धान भइरहेको छ ।
2025-03-26
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार