Listen LIVE

अन्तर्राष्ट्रीय महिला दिवसका अवसरमा आईसीपीमा विशेष कार्यक्रम

नेपालगञ्ज : अन्तर्राष्ट्रीय महिला दिवसका अवसरमा नेपालगञ्जको भारत नेपाल सीमास्थित आईसीपीमा विशेष कार्यक्रम गरिएको छ । लैंड पोर्ट अथारिटी अफ इण्डियाद्वारा सञ्चालित आईसीपी रुपईडिहाको सभाहालमा महिला जागरूकता एवं सम्मान कार्यक्रम आयोजित गरिएको थियो । 

कार्यक्रममा आईसीपीका प्रबन्धक सुधीर शर्माले मित्र राष्ट्र नेपालकी समाज सेवी महिला, आईसीपीमा कार्यरत महिलाहरु, सशस्त्र सीमा बलकी महिला जवानका साथै समाजमा महिलाहरुको भूमिका माथि चर्चा गरेका थिए । उनले हाल आईसीपी रुपईडिहामा ५७ पुरुष तथा ११ महिला कार्यरत रहेको जानकारी दिए । उनीहरुकै मदतमा आईसीपी सुचारूरूपमा सञ्चालन भईरहेको उनले जिकिर गरे । 

अंजू शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमका मुख्य अतिथि रूपईडीहाका चेयरमैन डा. उमाशंकर वैश्य रहेका थिए । नेपालगञ्जबाट प्रतिनिधित्व गरेकी महिला सरिताले महिलाहरु शिक्षित भए पूरा समाज र परिवार शिक्षित हुने बताइन् । देउतहरुले पनि आफ्नो नामभन्दा अगाडी देवीहरुलाई प्रथम स्थान दिँदै आएको भन्दै उनले गौरी शंकर, उमाशंकर, लक्ष्मी नारायण, सीतारामलगायत यसको उदाहरण रहेको जिकिर गरिन् ।

नेपालकी अर्की प्रतिनिधी कृष्णा चौधरीले दिवसका अवसरमा सबैलाई बधाई दिँदै महिलाहरु पनि पुरुष समान सक्षम रहेको उल्लेख गरिन् ।

एसएसबीका इन्स्पेक्टर भारत पाठकले सशस्त्र सीमा बलमा बर्तमानमा ८ प्रतिशत महिला जागिरे रहेको र आगामी दिनमा यसको संख्या १६ प्रतिशत पुग्ने जानकारी दिए । उनले एशियाई खेलहरुमा महिला विंगले कयौं पदक ल्याएको स्मरण गराए ।

आईसीपीकी रेनू वर्माले समाजमा महिलाहरुको स्थितिका बारेमा विस्तारपूर्वक चर्चा गरेकी थिइन् ।

सो अवसरमा कस्टम अधीक्षक पंकज मणि त्रिपाठीले पनि आफ्नो धारणा राखेका थिए ।

नगर पञ्चायत रुपईडिहा अध्यक्ष डा.उमाशंकर वैश्यले महिलाहरुको पूर्ण सम्मान भारतीय सनातन संस्कृतिमा मात्रै देखिएको भन्दै विदेशमा आंटी र सिस्टरसहित दुई पद मात्रै रहेको बताए । उनले भारतमा नानी, काकी, चाची, माँ, पत्नी, देवीलगायतको नामले सम्मानित रहेको चर्चा गरे । अध्यक्ष वैश्यले महिलाको बिना समाजको संरचना अपुरो रहेको बताए ।

आईसीपीमा कार्यरत बिहारकी रीता, रंजन महतो, करुणा चौधरी, अंजू शर्मा, सरिता वर्मा, आरती वैश्य, ज्योति वैश्य, सोनाली गुप्ता, चित्र देवी, साधना मिश्रा, लक्ष्मी दिव्या, रेनू वर्मा, पूनम वर्मा, रीता, रक्षा कुमारीलगायतको उपस्थिती रहेको रुपईडिहाबाट सहकर्मी सन्तोष शुक्लाले जानकारी दिए ।

प्रतिक्रिया