नेपालगञ्ज : लागुऔषधसकित बाँकेमा दुई जना पक्राउ परेका छन् । दाङ तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय किशोरसमेत २ जना लागुऔषधसहित पक्राउ परेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागुऔषध नाइट्राजेपाम १० ट्याब्लेट र ट्रामाडोल ५० ट्याब्लेटसहित उनीहरुलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरीले रुपईडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका उनीहरूलाई लागूऔषध सहित पक्राउ गरेको र उक्त सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
2025-01-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार