नेपालगञ्ज : बाँकेको तीन वटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुले तीन वटैमा जीत निकालेको छ ।
खजुरास्थित ज्ञानोदय पब्लिक बहुमुखी क्याम्पस, नेपालगञ्जको नर्सिङ क्याम्पस र महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियु प्यानलसहित विजयी भएको छ ।
ज्ञानोदयमा अनेरास्ववियुकी सर्विन महतोको प्यानलै विजयी भएको छ । यहाँ अनेरास्ववियु र नेविसंघको गठबन्धन थियो ।
नेपालगञ्जको नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी देर्वाचना अधिकारीको प्यानलै विजयी भएको छ । यो क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्रतिस्पर्धा थियो ।
यस्तै पश्चिमकै ठूलो र चर्चित महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका केशरजंग शाह विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी क्रान्तिकारीका हरेन्द्रबहादुर विकलाई पराजित गर्दै शाहको प्यानलै विजयी भएको नेकपा एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्रले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार