बर्दिया : सरकारले ल्याउन लागेको शिक्षा विधेयक २०८० मा संस्थागत विद्यालयहरुलाई कानुनमा नै कडाइ गर्न लागेको भन्दै प्याब्सन बर्दियाले बर्दियाको गुलरियामा शुक्रबार प्रदर्शन गरेका छन् ।
गुलरिया नगरपालिकाभित्र सञ्चालनरत रहेका एक दर्ज संस्थागत विद्यालयले आफ्ना विद्यालयको सवारीसाधन सडकमा प्रर्दशन गरेर विरोध गरेका हुन् ।
सरकारले शिक्षा विधेयकमा संस्थागत विद्यालयलाई अनिवार्य गुठीमा जानुपर्ने, शिक्षा निःशुल्क हुनुपर्ने संस्थागत विद्यालयले लिनुपर्ने कुनैपनि शुल्क लिन नपाइने विद्यालयमा वितरण गरिने पुस्तक, कम्पनी ऐन अन्र्तगत सञ्चालन भएका विद्यालयलाई क्रमश नाफा मुलक बनाउँदै लैजानु पर्ने, लगायतको कानुन निर्माण गर्न शिक्षा समितिबाट शिक्षा विधेयक पारित गरेर संसदमा पेस गर्न लागेको भन्दै निजी विद्यालयहरू आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले सरकारी तथा सामुदायिक विद्यालयलाई पनि अंकुश लगाउन लागिएको भन्दै प्याब्सनले आन्दोलनका कार्यक्रम तय गरेको छ । जन ज्योति आवासीय विद्यालयका सञ्चालक एवं प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार निर्मल उपाध्यायले संस्थागत विद्यालयमा सञ्चालकहरूले बैक रिण मार्फत लगानी गरेको र सरकारको नियमले विद्यालय क्षेत्र नै तहस नहस बनाउने गरी विधेयक ल्याउन लागिएको बताए ।
बर्दियाको गुलरियामा आन्दोलनमा उत्रिएका विद्यालय सञ्चालकरुले विद्यालयका सबै सवारी साधनहरू सडकमा हिँडाएर विरोध गरेका थिए । विद्यालय सञ्चालकले सरकारले शिक्षा विधेयक नसच्याए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । लिटिल हेलन ईङलिस एकेडेमी बर्दियाका शिक्षक भागवत खनालले विद्यालय सञ्चालकलाई सडकमा ल्याउने गरी बिधेयेक तर्जुमा गरिएको बताए ।
बर्दिया जिल्लामा ८ वटा स्थानीय तहहरू रहेका छन् । जसमा ९१ वटा विद्यालयहरू सञ्चालनरत रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार