नेपालगञ्ज : बाँकेमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८ पिपिरी बस्ने २५ वर्षीय निम बहादुर बिक रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बिकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
बलात्कार घटना सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
2025-03-18
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार