Listen LIVE

आपातकालीन तटबन्धपछि गाउँबस्ती सुरक्षित

नेपालगञ्ज : भत्किएको दुई वर्षपछि बाँकेको खल्ला झगडियास्थित राप्ती नदीमा जनताको तटबन्ध कार्यक्रम लमहीले आपातकालीन तटबन्ध निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाएको छ । तटबन्ध नहुँदा नदीले कटान तीव्र पार्दै गएकाले बाढीको उच्च जोखिममा परेका राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्ती जोगाउन अहिले आपातकालीन तटबन्ध निर्माण कार्य तीव्र रूपमा भइरहेको जनताको तटबन्ध कार्यक्रम लमहीका आयोजना प्रमुख डा. नारायण सुवेदीले बताए । 

उनले सिमेन्टको पोल, बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा तथा जाली प्रयोग गरी नयाँ प्रविधिको माध्यमबाट चार सय मिटर लामो आपातकालीन तटबन्ध निर्माण भइरहेको बताए । सो कार्यमा १५० बढी जनशक्ति परिचालन गरिएको छ । आयोजना प्रमुख डा. सुवेदीका अनुसार आपातकालीन तटबन्ध निर्माण गर्दा नदी बगिरहेको क्षेत्रमा तीन मिटर लामो १०–१० सेन्टिमिटर मोटाइ भएको छ वटा सिमेन्टको पोल जोडेर पक्की संरचना तयार पारिएको छ ।

प्रतिक्रिया