दाङ : लुम्बिनी प्रदेशमा कानुनी रूपमा प्रेस रजिस्ट्रार नियुक्त गर्न दवाव बढेको छ । लुम्बिनी प्रदेश सरकार स्थापना भएको लामो समय भएपनि अहिलेसम्म सरकारले कानुनी रूपमा प्रेस रजिस्ट्रार नियुक्त गर्न सकेको छैन ।
प्रेस रजिस्ट्रार नियुक्त गर्नुपर्ने लगायत मागहरु राखेर नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले अहिले दवाव बढाएको छ । युनियन लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष जयसिंह केसीले प्रदेश सरकारलाई दवाव दिएका हुन ।
कार्यबाहक अध्यक्ष केसीले लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन । लुम्बिनी प्रदेशको राजधानी देउखुरी पुगेर केसीले उक्त पत्र बुझाएका हुन । लुम्बिनी प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सन्चार विभागलाई हेर्दै आएको छ ।
पटक–पटक सरकार गठन भएपनि प्रेस रजिस्ट्रार कानुनी रूपमा नियुक्त हुन नसकेको युनियन लुम्बिनी प्रदेशले जनाएको छ । युनियनले लुम्बिनी प्रदेशमा संचार समन्वय परिषद गठन, सन्चार नियमावली निर्माण गर्नुपर्ने लगायत माग पनि राखेको कार्यबाहक अध्यक्ष केसीले जानकारी दिए ।
ध्यानाकर्षण पत्र बुझेपछि मन्त्री अग्रवालले आफुले तत्काल मन्त्री परिषद बैठकमा पेश गरेर आवश्यक निर्णय गर्ने प्रतिवद्दता जनाएको उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार