Listen LIVE

बलात्कारको आरोपमा युवक पक्राउ

दाङ : दाङको तुलसीपुरमा ३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले ती महिलालाई बलात्कार गरेको आरोपमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ घर भएर हाल तुलसीपुर–७ मा बस्दै आएका ३५ वर्षीय वीरबहादुर वलीलाई पक्राउ गरेक हो ।

महिलाले आफूलाई वलीले बलात्कार गरेको उजुरी दिएका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

पक्राउ परेका वलीविरुद्ध जिल्ला अदालत दाङबाट आज म्याद थप गरेर आबश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया