Listen LIVE

बलात्कार गरेको आरोपमा दाङमा युवक पक्राउ

दाङ : दाङमा १९ वर्षीया युवतीलाई बलात्कार गरेको  आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बलात्कारको आरोपमा पक्राउ पर्नेमा  तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर बस्ने २० वर्षीय बालकृष्ण गिरी रहेका छन् ।

गिरीले ती युवतीलाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले  पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाका बारेमा गिरीविरुद्द म्याद थप गरेर अनुसन्धान जारी राखेको जिल्ला प्रहरी दाङले जनाएको छ ।

प्रतिक्रिया