Listen LIVE

बर्दियामा बालिका बलात्कारको आरोपमा युवक पक्राउ

बर्दिया : बर्दियामा बालिका बलात्कार गरेको आरोमा एक जना पक्राउ परेका छन् । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया नगरपालिका–१० बैदी डेरा गरी बस्ने सोही नगरपालिका–८ थानफेनाका १९ वर्षीय बसन्त बिसीलाई प्रहरीले पक्राउ गरेको हो ।

बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया