Listen LIVE

बर्दियामा चितुवाको आक्रमणबाट बालक घाइते

बर्दिया : मधुवन नगरपालिका–४ गमक्कामा आँगनमा खेलिरहेका चार वर्षीय बालक चितुवाको आक्रमणबाट घाइते भएका छन् । 

शनिबार बेलुकी ६ बजेतिर चितुवाले आक्रमण गर्दा शिवम थारु घाइते भएको प्रहरीले जनाएको छ । घाइते थारुलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ । उनको घाँटी, नाक, कान र हड्डीमा गम्भीर चोट लागेको बर्दिया अस्पतालका चिकित्सक आरिफ हास्मीले बताए ।

चितुवाले शिवमलाई लगेपछि कराउँदै पछि–पछि जाँदा झाडीमा फालेर भागेको आमा अनिताले बताइन् । लगत्तै गाउँले आएर उनको उद्धार गरी अस्पताल पुर्याइएको हो ।

प्रतिक्रिया