बाजुरा : बाजुराको उच्च हिमाली भेगमा रहेका चार वटा स्थानीय तह र छिमेकी जिल्ला हुम्ला,मुगु र कालिकोटका हिमाली क्षेत्रमा बसोबास गर्ने भेडा पालक स्थानीय चिसो बढ्न शुरु भएसँगै बेसी झर्न थालेका छन् ।
हिउँदयामको सुरुवाती चरणमै चिसो शुरु भएपछि हिमाली भेगमा बसोबास गर्ने भेडापालक भोटे जातीहरू चिसो छल्न बेसी झर्न थालेका हुन् ।
जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याँका छिरीङ्क भोटेले हिमाली भेगमा अत्यधिक चिसो बढेको र हिमपात शुरु हुने समय लागेकाले गाउँमा बस्न निकै समस्या हुने भएपछि बालबालिका तथा चौपाया समेत साथमा बोकेर बेसी तिर झर्न शुरु गरेको बताए ।
चिसो मौसम शुरु भएसँगै हिमाली क्षेत्रका स्थानीय प्रत्येक बर्ष हिउँदे खेती लगाएर मङ्सिरको अन्तिम तिर बेसी झर्ने गरेका भए पनि यश बर्ष छिटै चिसो बढ्न थालेको भन्दै कार्तिक दोस्रो साता बाटै बेसी झर्न शुरु गरेका छिरिङ भोटेको भनाइ छ ।
यसरी बेसी झर्ने स्थानीय भोटे जातिहरू साथमा वृद्ध,वृद्धा बालबालिका सहित परिवारसँगै भेडा, च्याङ्ग्रा र बस्तु भाउ समेत साथमा ल्याएर जिल्लाको दक्षिणी भेगमा पर्ने बार्जुगाड ,सेरा, मालागाड, कालाआम, अछामको साँफे बगर, मेल्लेख, दर्ना लगायतका विभिन्न ठाउँमा करिब ६ महिना बसोबास गरि वैशाख देखि पुनः आफ्नै गाउँको लेक तिर बसाइ सर्ने प्रचलन रहेको छ ।
बसाई सर्ने क्रममा उनीहरू गन्तव्य नपुगुञ्जेल नदी खोला किनार र भेडा च्याङ्ग्राको चरन भएको ठाउँमा बास बस्दै अगाडि बढ्ने गर्छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार