Listen LIVE

कोहलपुरमा सामूहिक करणी गर्ने पाँच जना पक्राउ

नेपालगञ्ज : बाँकेमा नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जना पक्राउ परेका छन् । 

असोज २७ र २८ गते कोहलपुर नगरपालिका वडा नम्बर ११ सुर्खेत रोडस्थित एक होटलमा नाबालिकालाई सामूहिक जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

सूचना प्राप्त भएपश्चात इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले बाँकेको बैजनाथ गाउँपालिका १ करेलीका निशान रोकाया, डम्मर बहादुर रोकाया, जीवन रोकाया तथा गाभर बस्ने निर्मल थापा र बिजय कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक आयूश प्रसाद जोशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया