Listen LIVE

बर्दियामा भन्सार छलीको सामान बरामद

नेपालगञ्ज : अवैधरुपमा ल्याइएको विभिन्न सामान बर्दिया प्रहरीले बरामद गरेको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ११ गणेशपुर चोक एरियामा गस्ती गर्दै जाने क्रममा भारतबाट अवैधरुपमा ल्याएको लेडिज सुट थान–४१, बच्चाको फ्राक थान– ३६ अन्दाजी बजार मुल्य ३८ हजार ५ सय बराबरको सामान प्रहरीले बरामद गरेको हो । 

यस्तै गुलरिया नगरपालिका वडा नं.७ स्थित भारतबाट अवैधरुपमा ल्याएको साईकलको ट्यूब ३० र मोटरसाइकलको ट्यूब २३ थान अन्दाजी मुल्य १३ हजार ४ सय ४५ बराबरको सामान बरामद गरिएको छ । 

यस्तै गुलरिया नगरपालिका वडा नं. ८ भादापुलस्थित भारतबाट अवैधरुपमा लुकाई छिपाई साईकलमा ल्याउदै गरेको पर्दाको कपडा २० मिटरको ६ रोल अन्दाजी मुल्य १८ हजार बराबरको सामान प्रहरीले बरामद गरेको छ । 

बरामद सामानहरु आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया