काठमाण्डौ : कुखुराको चल्ला मारेको निहुँमा माउ कुकुरसहित ५ छाउरालाई निर्ममतापूर्वक मारेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको सुस्ता गाउँपालिका–५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु मगर र २८ वर्षीय अमनकुमार चिडीमगर रहेका छन् । प्रहरीका अनुसार राजकुमारले कुकुरलाई मारेका थिए भने अमनले त्यसको भिडियो खिचेका थिए ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार उनीहरुले निर्ममतापूर्वक कुकुर मारेको भिडियो सामाजिक सन्जालमा राखेका थिए र त्यो भाइरल भएको थियो ।
’पक्राउ परेका उनीहरुमध्ये राजकुमारले कुकुरले गाउँको एक मानिसलाई टोकेको र केही समयअघि कुखुराको चल्लालाई माउ कुकुरले टोकेको रिसमा आफूले कुकुर मारेको बताए,’ डीएसपी बोहोराले भने, ’सोच्नै नसकिने निर्दयी व्यवहार देखियो ।’
प्रहरीका अनुसार मुलुकी अपराध संहिताको पशुपंक्षी सम्बन्धी कसुरको उल्लघंन गरेको आरोपमा उनीहरुलाई अदालतबाट ७ दिनको म्याद थप भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार