Listen LIVE

सडक दुर्घटना न्यूनीकरण गर्न बाँकेमा कृत्रिम घटना अभ्यास

नेपालगञ्ज : बाँकेमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक दुर्घटनासम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटर शम्शेरगञ्ज तथा जिल्ला र स्थानीय विपद व्यवस्थापन समिति लगायतका सरोकारवाला निकायसँगको सहकार्यमा कृत्रिम घटना अभ्यास गरिएको हो ।

जिल्ला विपद व्यवस्थापन समिति बाँकेका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बाँकेमा दैनिक २–३ वटा सडक दुर्घटनाका घटना हुने गरेको अवस्थामा यस्ता अभ्यासले दुर्घटना न्यूनीकरण गर्नको लागि भूमिका खेल्ने बताए ।

चाडपर्वको बेलामा सडक सुरक्षित बनाउने उद्देश्यले कृत्रिम घटना अभ्यास गरिएको हो । घटना भइसकेपछि खोज, उद्धार, उपचार लगायतको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने उद्देश्यले पनि घटना अभ्यास गरिएको हो ।

प्रतिक्रिया