Listen LIVE

गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते

गुल्मी : गुल्मीमा सफारी जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शुक्रबार जिल्लाको मुसिकोट नगरपालिका–५, इन्द्रेगौडास्थित रिडि–बुर्तिवाङ सडक खण्डमा सफारी जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) पोखरेलका अनुसार बुटवलदेखि रिडी–रुद्रबेणी–वामीटक्सार हुँदै बाग्लुङको बडिगाड गाउँपालिका खौलारका लागि छुटेको लु १ ज ४४४८ नम्बरको सफारी जिप आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । सफारी जिप करिब १० मिटर तल खस्न जाँदा जिपमा सवार चालकसहित १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा पठाइएको छ भने अन्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया