नेपालगञ्ज : प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा दसै फुलपाती भित्र्याइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विशेष समारोहका बीच फुलपाती भित्र्याएका हुन् । बडादसैँअन्तर्गत फूलपातीका दिन सोमबार बिहान ७ः३० बजेको शुभसाइतमा मन्दिरमा फुलपाती भित्र्याइएको थियो ।
सो क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, विभिन्न सुरक्षा अंगका प्रमुखहरु, नागरिक समाज लगायतको उपस्थिती रहेको थियो । बागेश्वरी मन्दिरमा यसवर्ष बाँकेको भूवर भवानीसहित विभिन्न मन्दिरबाट पनि फुलपाती ल्याएर भित्र्याइएको छ ।
2025-09-29
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार