Listen LIVE

लागुऔषधका भारतीय तस्कर खैरो हेरोइनसहित पक्राउ

नेपालगञ्ज : ठुलो परिमाणमा खैरो हेरोइनसहित दुई भारतीय खुंखार तस्करलाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको छ।

मंगलबार साँझ ७ बजेको समयमा भारतबाट लागुऔषध नेपालगञ्जमा ल्याई बिक्री–वितरण गरिरहेको विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जको संयुक्त टोलीको  अपरेसनमा दुईजनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश नानपारा बस्ने २२ वर्षीय थरुव अहमद र उत्तर प्रदेशकै बहराईच बस्ने २५ वर्षीय तोहिद खान छन्। उनीहरू नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहा माछामण्डी नजिकै शंकास्पद रूपमा रहेको अवस्थामा फेला परेका थिए।

कानुन बमोजिम खानतलासी गर्दा अहमदले लगाएको पाइन्टको दाहिने खल्तीमा लुकाइराखिएको अवस्था रहेको खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ। डिजिटल तराजुमा तौल गर्दा उक्त पदार्थको शुद्ध तौल ३७ ग्राम ४८० मिलिग्राम रहेको पुष्टि भएको छ। साथै उनीहरूबाट २ वटा मोबाइल फोन पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

पक्राउ परेका दुबैजनालाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया