नेपालगञ्ज : बाँकेको खजुरा क्षेत्रबाट प्रहरीले खैरो हेरोइ र ब्राउन सुगरसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।
खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीको टोलीले खजुरा गाउँपालिका–७ बाट ४५ मिलिग्राम खैरो हेरोइन सहित सोही स्थानका ३२ वर्षीय दुर्जन बर्मालाई पक्राउ गरेको हो ।
यसैगरी खजुरा नगरपालिका–४ एफ गाउँबाट ४० मिलिग्राम ब्राउनसुगर सहित कोहलपुर नगरपालिका–१५ बस्ने २१ वर्षीय नागेन्द्र क्षेत्रीलाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले बर्मा र क्षेत्रीलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका बर्मा र क्षेत्री इलाका प्रहरी कार्यालय धनौलीले थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।
2025-07-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार