Listen LIVE

पुस्तक व्यवसायी महासंघ बाँकेको अधिवेशन शुरु

नेपालगञ्ज : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको १८औं साधारणसभा र ९औं जिल्ला अधिवेशन नेपालगञ्जमा सुरु भएको छ । केन्द्रीय उपाध्यक्ष बुद्धि अधिकारीले साधारणसभा एवम् अधिवेशनको उद्घाटन गरे ।

जिल्ला अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा प्रमुख अतिथि अधिकारी, केन्द्रीय सदस्य मन्दिरा पाण्डे, संस्थापक अध्यक्ष बसन्त लामिछाने, दाङका अध्यक्ष सन्तोष कुमार आचार्य, बर्दिया अध्यक्ष लवेश झा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यसक्रममा सचिव मोहन चन्दले सांगठनिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया