रुकुमपश्चिम : रुकुमपश्चिममा एक पुरुषको शव फेला परेको छ। जिल्लाको मुसीकोट नगरपालिका–७ साँखका ४७ वर्षीय तुल्सीराम घर्ती पाखागाँउस्थित आफ्नै गोठ नजिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका निमित्त प्रमुख प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार गोठ नजिकैको कुलोमा घर्ती मृत अवस्थामा फेला परेका हुन्। शुक्रबार बेलुका गोठमा घाँस हाल्न भनेर गएका घर्ती घर नफर्किएको र आज बिहान मृत फेला परेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए।
स्थानीयले प्रहरीलाई सूचना गरे लगत्तै अस्थायी प्रहरी बिट साँखबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ।
2024-12-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार