दैलेख : भारतीय सेनामा भर्ती गरिदिने भन्दै ठगी गर्ने व्यक्तिलाई दैलेख प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौमुले गाउँपालिका वडा नम्बर ७ घर भएका ४४ वर्षीय वीर बहादुर थापा रहेका छन् ।
उनले आफू पूर्व भारतीय सेना भएको भन्दै विभिन्न व्यक्तिहरूलाई भारतीय सेनामा भर्ती गरिदिने प्रलोभन आठ लाख लिएर ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । थापालाई ठगीसम्बन्धी कसुरमा पक्राउ गरी दैलेख जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
2024-11-02
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार