Listen LIVE

नेपालगञ्जका विद्यालयमा एक हप्ता गर्मी विदा

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा गर्मी विदा दिइएको छ । 

नेपालगञ्ज क्षेत्रमा भइरहेको अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले एक हप्ता गर्मी विदा दिइएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । 

नेपालगञ्जका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा जेठ ३० गतेसम्म गर्मी विदा दिइएको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाहीले बताए ।

प्रतिक्रिया