कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा प्रहरी समाचार कक्ष नक्शालवाट सरुवाई भई आएकी प्रहरी नायव उपरीक्षक डिएसपी लक्ष्मी खनाललाई नागरिकमैत्रि बन्न कोहलपुरका पत्रकारहरुले आग्रह गरेका छन् । उनीहरुले कार्यालय प्रमुख खनाललाई सहज सुचना पहुँचमा पत्रकारहरुसंग सहकार्य गर्न समेत आब्हान गरेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरद्वारा बुधवार आयोजित पत्रकारहरुसंग परिचयात्मक अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुले यस्तो वताएका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरिले हामी प्रशंसा गर्छौ तर अति प्रंशसा गर्दैनौ, निन्दा गर्छौ तर अति निन्दा गर्दैनौ भन्दै खवरदारीमा भने आफुहरु नचुक्ने वताए । उनले प्रशासकहरुमा दम्भ भयो भने अर्को समस्या निम्तिने विचार राख्दै सवैलाई अपनत्वको भाव जागृत हुनेगरि जनमैत्रि, सञ्चारमैत्री प्रहरी संगठन आजको आबश्यकता भएको औंल्याए ।
त्यस्तै प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य विष्णु प्रसाद बेल्वासेले प्रहरी प्रमुख आउँदा परिचयात्मक कार्यक्रम हुने गरेको तर विदाई भएर जाँदा कार्यक्रम र कार्यकालको समिक्षा नहुने गरेको उल्लेख गर्दै आउँदा दिनहरुमा प्रहरी प्रमुखले आफुले गरेका प्रगतिका फेहरिस्तसहित विदाई कार्यक्रममा पनि पत्रकार भेटघाट कार्यक्रम राख्नुपर्ने सुझाव ब्यक्त गरे ।
सो अवसरमा सञ्चारकर्मीहरु प्रदिप वाग्ले, प्रिया स्मृति ढकाल, प्रमोद रिजाल, पुष्पराज हमाल, कुशल दलामी, कपिल अञ्जान, रवि रोकाय, हेमन्त वि.क लगाएतले कोहलपुर पश्चिम नेपालको केन्द्रविन्दु र धेरै पहाडी जिल्लाहरुको प्रबेशद्धार भएकाले यस क्षेत्रमा हुने लागु औषध कारोवार, सेवन तथा बेचविखन, ट्राफिक ब्यबस्थापन, बिभिन्न अपराधहरु हुने गरेको र आश्रय स्थलका रुपमा समेत कोहलपुरलाई लिने गरेकाले प्रहरीहरु जनताको हो भन्नेगरि कार्य सम्पादन चुस्त दुरुस्त र निश्पक्ष हुनेमा विश्वास ब्यक्त गरेका छन् ।
मुस्कानसहितको प्रहरी र प्रहरी मेरो साथी भन्ने युक्तिलाई आत्मसाथ गर्दै नयाँ प्रहरी प्रमुखले कार्य सम्पादन गर्नुहुनेछ भन्ने विश्वास लिंदै कोहलपुरमा स्वागत गर्छौ सञ्चारकर्मीहरुले भनेका छन् ।
ईलाका प्रहरी कार्यालयमा एक हप्त अघि हाजिर भएकी कार्यालय प्रमुख लक्ष्मी खनालले पत्रकारहरुका सुझावहरु आत्मसाथ गर्दै आफुले कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छन् । उनले कार्यालय प्रमुख महिला आयो या पुरुष यो गौण विषय भएको उल्लेख गर्दै कार्य सम्पादन समेत प्रहरीहरुको सिस्टमवाट हुने उल्लेख गरेकी छन् ।
खनालले आफु कोहलपुरमा नयाँ भएपनि विगतका रिर्पोटहरु अध्ययन गरिरहेको उल्लेख गर्दै पत्रकारहरुसंग हातेमालो गर्दै समाज परिवर्तन र कानुन परिपालना गर्न गराउन आफु दत्तचित्त भएर लागि पर्नेमा विश्वस्त हुन सञ्चारकर्मीहरुलाई अपिल गरिन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार