नेपालगञ्ज : पूर्व–पश्चिम महेन्द्र राजमार्गको बाँके खण्डमा ट्रक र टिप्पर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
दुर्घटना आज बिहान बाँकेको राप्ती सोनारी गाउँपालिका–२, मुगुखा खोला नजिक भएको हो । ना ५ ख ३६१० नम्बरको ट्रक र भे १ ख ३१६९ नम्बरको टिप्पर ठोक्किँदा टिप्परमा सवार राप्ती सोनारी–१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही टिप्परमा सवार कोहलपुर–१५ का २५ वर्षीय सुदीप चौधरी घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
प्रत्यक्षदर्शीका अनुसार दुवै सवारी साधन कोहलपुरतर्फ आइरहेका थिए । पछाडिबाट टिप्परलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको जनाइएको छ ।
2025-08-13
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार