बर्दिया : आइतबार साँझ राजापुर नगरपालिका–८ स्थित हुलाकी सडकमा यात्रुवाहक भ्यानले ठक्कर दिँदा एकजनाको ज्यान गएपछि स्थानीयले चक्काजाम गराएका छन् । लु २ ख ५९१९ नम्बरको फोर्स गाडीले भे ४ प ७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
गाडीको ठक्करबाट मोटरसाइकल चालक राजापुर–८ का ५४ वर्षीय चेतुका थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय,बर्दिया प्रहरी उपरीक्षक केदार खनालले बताए । स्थानीयका अनुसार तीव्र गतिबाट आएको उक्त गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो ।
फोर्स गाडीका चालक बाँके नेपालगञ्ज–४ का विकास सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतकका आफन्त र स्थानीयले सोमबार बिहान ७ बजेदेखि चक्काजाम गराएपछि आउजाउ ठप्प भएको छ ।
2024-11-25
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार