गुल्मी : गुल्मीमा जेसीबीले माथिबाट पल्टाएको डुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ छल्दी टार निवासी ८ वर्षीय बिष्णु कुमालको जेसिबीले माथिबाट फालेको डुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।
बालिका आइतबार बिहान स्कुल जाने क्रममा सडक माथिबाट पल्टिएको डुङ्गाले लागेर गम्भीर घाइते भएकी थिइन् । उनको समयमै उद्धार समेत हुन सकेको थिएन । गम्भीर घाइते भएकी बालिकाको गुल्मी अस्पतालमा उपचार गर्न ल्याइएकोमा डक्टरले मृत घोषणा गरेका थिए ।
बाटो बिस्तारको क्रममा सडकबाट तल कुनै जानकारी नदिई ढुङ्गा फाल्ने गरेको थियो । विद्यालय जाँदै गरेकी बालिका घर नजिकै माथिबाट खसेको ढुङ्गाले लागेर टाउकोमा चोट लागेको थियो । चालकलाई अहिले प्रहरीको नियन्त्रणमा लिएको छ ।
2025-02-16
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार