कैलाली : कैलालीमा छुट्टा–छुट्टै मोटरसाइकल दुर्घटनामा परि ३ जनाको मृत्यु भएकोे छ भने एक जना घाइते भएका छन् ।
एकैदिन भएको दुर्घटनामा परि कैलारी गाउँपालिका ३ का कमलेश चौधरी, टिकापुर नगरपालिका १ का बिनोद चौधरी, शुक्लाफाँटा नगरपालिका ११ का हिक्मत महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रबक्ता दर्शन खड्काले बताए ।
सवारी दुर्घटनामा गम्भीर घाइते भएका महरा र चौधरी सेती प्रादेशिक अस्पताल र चौधरीको टिकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । घाइते राजकुमार चौधरीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।
चौधरीले चलाएको सु.प.प्र ०१००११ प ७०७१ नं को मोटरसाइकल धनगढी उपमहानगरपालिका–१८ डिपो बजारमा डलपमा ठोकिँदा दुर्घटनामा परेको थियो ।
यस्तै महराले चलाएको म २ प ९११७ न मोटरसाकईकल गोदावरी नगरपालिका ४ मा रोकिराखेको ट्रकमा ठोकिएको र चौधरी सवार सु.प.प्र.०१००८ प ०८१३ न. मोटरसाइकल टिकापुर नगरपालिका ८ फाटामा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । ट्रक चालक नन्द बोहरा र डलप चलाउने सन्तोष सार्कीलाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार