नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकाका बालिकाहरुलाई नियमित विद्यालयमा उपस्थिति गराउन तथा पछाडी पारिएका समुदाय एवं जोखिममा रहेका बालिकाहरूको शिक्षामा पहुच बढाउन उनिहरुलाई साइकल वितरण गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत बालिका तथा किशोरीहरुलाई बिद्यालयमा टिकाइराख्ने उद्देश्यले मधुवन नगरपालिकाको समन्वयमा साइकल बितरण गरिएको हो ।
बालिकाहरुलाई साइकल वितरण गर्दै मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले साइकल वितरणले बालिकाहरूको दैनिक यात्रा सहज मात्र बनाउने होइन, उनीहरूलाई आत्मविश्वास, मर्यादा र आशाका साथ निरन्तर पढ्न प्रोत्साहन पनि गर्ने बताए ।
उनले यो अभियान समावेशी, शिक्षित र सशक्त भविष्य निर्माणतर्फको एक महत्वपूर्ण कदम भएको जनाउँदै यसले शिक्षाको विकासमा ठुलो योगदान गर्ने बताए ।
ग्रामिण क्षेत्रमा बिद्यालय धेरै टाढा टाढा हुने भएकोले पनि धेरैले पढाई छाड्ने गरेको जनाउँदै मेयर भाटले साइकल पाएपछि सो समस्या समाधान हुने बताए ।
बितरण कार्यक्रममा मधुवनका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, शिक्षा शाखा प्रमुख र महिला तथा बालबालिका शाखा प्रमुख लगायतको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीकले गरेका थिए भने फिल्ड सुपरभाइजर सावित्रा भाटले व्यवस्थापनमा सहयोग गरेकी थिइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार