नेपालगञ्ज : बाँकेको कोहलपुरबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर नगरपालिका–११ लोकनगरका २७ वर्षीय कमल थापा र २३ वर्षीय राहुल थारूलाई १ ग्राम ९ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।
प्रहरीले उनीहरुलाई गएराति राहुलको घरबाट ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बाँके प्रहरीले जानकारी दिएको छ ।
2025-01-01
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार