नेपालगञ्ज : बाँकेमा प्रहरीले बलात्कारको आरोपमा २९ वर्षीय युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोहलपुर नगरपालिका–१० चट्टारका २९ वर्षीय राधे किसुन थारूलाई पक्राउ गरेको हो ।
कोहलपुर प्रहरीले बालिकालाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बलात्कार घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान गरिरहेको बताएको छ ।
2025-03-08
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार