नेपालगञ्ज : राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ गोरधुईमा भैंसी चराउन गएका तीन जना बुधबार अपरान्ह ४ बजेतिर राप्ती नदीमा बाढी आएपछि टापुमा फसेका थिए ।
टापुमा फसेका वडा नम्बर ५ कै ५२ वर्षीय मानसिंह घर्ती, ६९ वर्षीय लिल बहादुर खत्री र ५० वर्षीय ससु वलीलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । तीन जना राप्ती नदीको टापुमा फसेको खबर राप्तीसोनारी गाउँपालिकाका विपद् फोकल पर्सन प्रताप सिंह थारुले दिएपछि त्यस लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटर शमशेरगञ्ज बाँकेका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक पंकज पौडेलको कमाण्डमा ४ जना गोताखोरसहित ११ जनाको उद्धार टोली त्यस स्थानमा खटिएको थियो । सशस्त्र प्रहरीको टोलीले राती साढे ८ बजेतिर उनीहरूको उद्धार गरेको थियो ।
उद्दार स्थलमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, इलाका प्रहरी कार्यालय बैजापुर बाँकेबाट प्रहरी नायब निरीक्षक राजेन्द्र बस्नेतको कमाण्डमा ७ जनाको टोली, स्थानीयबासीको उपस्थिति थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार