दाङ : दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
जिल्लाको लमही नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।
चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए । वडा प्रहरी कार्यालयलले काममा खटाएका चौधरीको लमही वडा नम्बर ७ स्थित कर्णली खोलामा मोटरसाइकल दुर्घटनामा परेको थियो ।
सोमबार बेलुकी सवा आठ बजेतिर उनी दुर्घटनामा परेका थिए । उद्धार गरी लमही अस्पतालमा पुर्याएको केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
2024-12-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार