काठमाण्डौ : गत भदौमा भएको जेनजी आन्दोलनमा भएका घटनाक्रम र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शुसीला कार्कीलाई बुझाएको छ।
आयोगका पदाधिकारीहरूले सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएका हुन् । गत भदौ २३ र २४ गतेका घटनाको मानवीय र भौतिक क्षतिको छानबिनका लागि बनाइएको आयोगलाई मन्त्रिपरिषद्ले सुरुमा तीन महिना समय दिएको थियो । तर त्यसपछि तीन पटक गरेर ७५ दिन थप भएको थियो ।
अन्तिम पटक थपिएको म्याद सकिन एक दिन बाँकी हुँदा आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उच्चस्तरीय आयोगका सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य छन् । आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो ।
2026-03-08
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार