बर्दिया : सशस्त्र प्रहरी बल, ३१ नम्बर गण, बर्दियाले प्रतिबन्धित पटाका बर्दियाको विभिन्न नाकाबाट बरामद गरेको छ ।
करिब १ लाख ३० हजार मूल्य बराबरको रकेट, भुई चम्पा, सुतली बम लगायतका पटाका रहेका छन् ।
भारतबाट भित्र्याइएका ती पटाकालाई बिहीबार उक्त गणमा सञ्चारकर्मी र नेपाल प्रहरीको रोहवरमा नष्ट गरिएको छ । गणपति चित्रांगत दाहालले गणको हाता भित्र खाडल खनेर नष्ट गरिएको जनाएका छन् ।
सशस्त्र प्रहरी बलले सिमामा कडाई गरेपनि चोरी नाका हुँदै प्रतिबन्धित पटका जिल्लाका विभिन्न नाकाबाट भित्रिएको छ ।
2024-10-31
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार