नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा रहेको विभिन्न धार्मिक स्थललाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले नरैनापुरको लेक (अग्लो डाँडो) मा रहेको गोवर्धनधाम, बाबा बर्फानी, सन्तानेश्वर र शैयद नूर खलिफालाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताए । त्यसका लागि सडक आवश्यक भएको जनाउँदै उनले माथिसम्म जाने सडक निर्माण सक्दो छिटो सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे ।
नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक एवं वैकुण्ठधाम सञ्चालक समितिका अध्यक्ष डा. सुरेश कनोडियाले आन्तरिक र बाह्य धार्मिक पर्यटकका लागि नरैनापुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफूहरूले सहयोग गर्ने बताए ।
नरैनापुर –४ खोदवाबाट जङ्गलको कच्ची बाटोमा खोलानाला हुँदै अग्लो डाँडामा गोवर्धनधामको आश्रम छ । जहाँ बाबाले झन्डै ३ सयभन्दा बढी गाई पालेका छन् ।
नरैनापुरले आयोजना गरेको पर्यटन प्रवर्धन कार्यक्रममार्फत गोवर्धनधाममा बाँके र भारतका गरी ५०० भन्दा बढीले अवलोकन गरेको नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार