Listen LIVE

अपराध नियन्त्रणमा बाँके प्रहरीको उल्लेखनीय काम

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले अपराध नियन्त्रणमा गत माघ महिनामा उल्लेख्य काम गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जिल्लामा शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाउन अपराध नियन्त्रणका लागि प्रहरीले पूर्ण रुपमा व्यावसायिक तथा पारदर्शी ढङ्गले काम गरिरहेको बताए ।

उनले भने,”बाँकेमा हुने अपराध नियन्त्रणका लागि नेपाल प्रहरी लागिरहेको छ, कानून विपरीत काम गर्ने जो कोहीलाई कारबाही गर्छौँ ।”

प्रहरी उपरीक्षक कार्कीले राष्ट्र निर्माणको दायित्व सबैको उत्तिकै भएको बताउँदै यसलाई साथ दिन सञ्चारकर्मीलाई आग्रह समेत गरे ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक कार्कीले समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ८ वटै स्थानीय तहमा काम गरीरहेको बताए  ।

उपरीक्षक कार्कीले भने “माघ महिनामा ‘प्रहरीले १४ लाख ४३ हजार १ सय ९६ बराबरको अवैध भन्सार छलिको समान पक्राउ गरी सम्बन्धि निकायलाई बुझाएको छ भने ३२ सय ९७ वटा सवारीसाधनलाई कारबाही गरी २५ लाख ४५ हजार राजश्व सङ्कलन गरेको छ ।” उनले १४६ वटा मुद्दा दर्ता भएको मा १३५ जना व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको बताए । 

प्रहरी निरीक्षक शिवा थापाले घरेलु हिंसा सम्बन्धि ४० वटा उजुरी परेकोमा ३३ वटा फछ्र्योट बताउँदै बाँकी ७ वटा अनुसन्धानमा रहेको जानकारी दिए ।

प्रतिक्रिया