बर्दिया : ठाकुरबाबा नगरपालिका– १ कि ५१ वर्षीया महिलाको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत फागुन ४ गते ५१ वर्षीया राधा बोहोराको हत्या भएको थियो ।
बोहोराका हत्या गरेको आरोपमा सोही ठाउँका भिनाजु नाता पर्ने ६९ वर्षीय शान्तबहादुर खत्री र निजकी बुहारी २४ वर्षीय उमा कुमारी खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी ऋषीराम घर्तीमगरले बताए । पक्राउ गरेका दुबै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले जनाए ।
घरभित्र सल जस्तो कपडाले घाँटीमा बाँधेर हत्या गरी घरको खाँबोमा बाँधेको अवस्थामा शव फेला परेको थियो । तर घर बाहिर ढोकामा भने ताला लगाइएको थियो ।
डीएसपी घर्तीमगरका अनुसार सामान्य व्यवसाय गर्दै आएकी बोहोरा घरमा एक्लै बस्दै आएकी थिइन् । उनी फागुन २ गतेदेखि नदेखिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी र स्थानीयले खोजतलाश गरेपछि दिउँसो घरको ताला फोडेर भित्र प्रवेश गर्दा उनको शव फेला परेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार