जाजरकोट : जाजरकोटमा भीरबाट लडेर स्वास्थ्य स्वंसेविकाको मृत्यु भएको छ । कुशे गाउँपालीका–१ का ४३ वर्षीया देबिसरा बादीको गाउँ नजिकैको भीरबत्राट लडेर मृत्यु भएको हो ।
नेकपा (एमाले)का जिल्ला कमीटी जाजरकोटका सचिव तथा स्थानीय छिमेकी गोपाल नेपालीले जनाए अनुसार हिजो गोठाला गएको समयमा धाउनी छहरा नजिकैको रातापाखर भीरबाट लडेर स्वंसेविका बादीको ज्यान गएको हो । मृतक बादीका दुई छोरा र दुई छोरी र श्रीमान् छन् ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले कुशे १ मा सक्रिय स्वास्थ्य स्वंसेविका देबिसराको आकस्मिकरुपमा भीरबाट लडेर भएको निधनले पालिका परिवार निकै स्तव्ध भएको बताए ।
जाजरकोटमा रुख र भीरबाट लडेर वर्षेनी ५० भन्दा बढि नागरिकको अकालमा ज्यान जाने गरेको प्रहरीको भनाइ छ ।
2025-02-20
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार