Listen LIVE

चितुवाको आक्रमणमा बर्दियामा एक जना घाइते

बर्दिया : बारबर्दिया नगरपालिका–४ कि ४० वर्षिया उर्मिला थारु चितुवाको आक्रमणमा घाइते भएकी छन् । दाउरा संकलनका लागि जिराहा सामुदायिक वन गएकी थारुलाई चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालय,बर्दियाका सूचना अधिकारी एंव वन अधिकृत रामकुमार चौधरीले बताए । उनको बारबर्दिया स्थित नगर अस्पतालमा उपचार भइरहेको चौधरीले जनाए ।

बुधबार साँझ करिब साढे ५ बजे चितुवाको आक्रमणमा गुलरिया नगरपालिका–४ टप्पर सामुदायिक वनबाट निस्केको चितुवाले गहुँ काटेर मुठा बान्दै गरिरहेका ६५ वर्षीय बिकुलाल थारुलाई आक्रमण गरेको हो ।

गत मंसिरयता चितुवाको आक्रमणमा १३ जना घाइते भएका छन् । सोही अवधिमा चितुवाको आक्रमणमा २ जनाको मृत्यु भएको सूचना अधिकारी एंव वन अधिकृत चौधरीले जनाए ।

प्रतिक्रिया